संक्रमण बढ्यो, धर्ना, जुलुस रोक्नुस्ः काठमाडौं प्रशासन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा संक्रमण दर झन् वृद्धि हुँदै गएकाले राजनीतिक गतिविधि नगर्न अपिल गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै स्वास्थ्य मापदण्डविपरीतका गतिविधि रोक्न अपिल गर्नुभएको छ । संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकालगायतका जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर आइसीयू र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.