कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाललाई मंगलबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले घिसिङलाई नियुक्त गर्न निर्देशन दिनुभएको हो ।

घिसिङको अघिल्लो कार्यकालमा नेपालमा लोडसेडिङ हटेको थियो । घिसिङको कार्यकाल सकिएपछि अघिल्लो सरकारले प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.