२४ घण्टामा थपिए ३९३८ कोभिड संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३९३८ जना कोभिड संक्रमित थपिएका छन् ।
देशभर १८४०८ जनामा गरिएको नमूना परीक्षणमा ३९३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २०१२ जना संक्रमणमुक्त भएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल ३४४२२ जना सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्