लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

काठमाडौं- लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ ।

साउन २७ गते १:०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.