नेपाल समूह बैठकः सरकारमा सहभागिताबारे प्रष्ट निर्णय गर्न माग

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा सहभागिताबारे प्रष्ट निर्णय गर्न माग गरेका छन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरुले आफ्नो समूहलाई अनिर्णयको बन्दी बनाउन नहुने धारणा राखेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । दुई दिनमा ५५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नुभएको छ ।

केन्द्रीय सदस्यहरुको धारणाबारे निर्णय गर्न स्थायी कमिटी बैठक आजै बोलाइएको छ । स्थायी कमिटी बैठकपछि नेता नेपालले जवाफ दिने कार्यक्रम छ ।

एमालेमा संस्थापन समूहसँग अन्तरसंघर्ष गर्दै आएको नेपाल समूह अलग पार्टी बनाउने वा एकता गरेर जाने भन्नेमा अन्यौलमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.