त्रिवि भाषा विज्ञान केन्द्रीय विभागमा पहिलो पटक ‘एमफिल-पिएचडी’ कार्यक्रम संचालन
काठमाडौँ- त्रिभुवन विश्व विद्यालय भाषाविज्ञान केन्द्रीय विभागले यो बर्षदेखि पिएचडी र एमफिल कार्यक्रम संचालन गरेको छ ।
विसं २०५६ सालमा स्थापना भएको भाषाविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर (MA) तहसम्म मात्र कक्षा सञ्चालन हुँदै आएकोमा यसै शैक्षिक सत्रबाट MPhil-PhD कार्यक्रम सुरू भएको हो।
भाषा विज्ञान केन्द्रीय विभाग किर्तिपुरमा आयोजना गरिएको दर्शानाचार्य- विद्यावारिधिका शोधार्थीहरूलाई अभिमुखिकरण गराउने कार्यक्रम सम्पन्न भएको छ ।
भाषाविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. बलराम प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दर्शानाचार्य- विद्यावारिधि (MPhil-PhD) को पाठ्यक्रमका बारेमा शोधार्थीहरूलाई विभागका पूर्व प्रमुख प्रा. डा. दानराज रेग्मीले जानकारी गराउनुभएको थियो भने मानविकी तथा समाजशास्त्र संकायका सहायक डीन प्रा. डा. दुबिनन्द ढकालले यो कार्यक्रमका सम्बन्धमा डीन कार्यालयको कार्यविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा डा. भीमलाल गौतम, डा. कर्णाखर खतिवडा र डा. तारामणि राईले नेपालमा भाषा विज्ञानको क्षेत्रमा गर्नुपर्ने अनुसन्धानका कामहरु धेरै भएपनि जनशक्तिको अभाव भएकोले यसलाई पूरा गर्न शोधार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्