बेँसीशहर-चामे सडकअन्तर्गत लमजुङ खण्ड खुल्यो: स्थानीयवासीमा खुशीयाली
लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीशहर-चामे सडकअन्तर्गत लमजुङतर्फको खण्ड करिब दुई महिनापछि पूर्णरूपमा खुलेको छ ।
अविरल वर्षासँगै आएको बाढीपहिराले गत असार १ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । सडकको विभिन्न स्थानको ढुङ्गा माटा तथा पहिरा हटाउनुका साथै सडक मर्मत सम्पन्न गरेपछि लमजुङ खण्डमा पूर्णरूपमा सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
लमजुङतर्फ बेँसीशहर नगरपालिका–६ स्थित खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकास्थित अरखलेबेँसी, घोप्टेभिर, स्यागे, सिरीचौर, म्यार्दीभिरमा सडक अवरुद्ध भएको थियो ।
लमजुङतर्फबाट सो क्षेत्रसम्म सवारी सञ्चालन भए तापनि मनाङतर्फ खोत्रो, धारापानी, धाना क्यू, तिमाङलगायतका पाँच-छ ठाउँमा सडक अवरुद्ध भइरहेको छ । तीमध्ये सबैभन्दा बढी यस सडकको ३८ किलोमिटर सिरानतालबाट ५० किलोमिटर तिमाङसम्मको बीच भागमा क्षति पुगेको र त्यसको निर्माणमा धेरै समय लाग्ने बताइएको छ ।-
प्रतिक्रिया राख्नुहोस्