गोविन्दप्रसाद शर्मा सचिवमा बढुवा
काठमाडौं– सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । शर्मालाई सोमबार नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्नेसमेत निर्णय भएको छ ।
मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका उपसचिवत्रय सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गरेको छ ।
सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ देखि नयाँ तलबमान स्वीकृत पनि गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट कर्मचारीको तलब वृद्धि भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्