प्रधानसेनापति थापा घरबिदामा
काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापा मंगलबारदेखि घरबिदामा बस्नुभएको छ ।
थापाको तीन वर्षे कार्यकाल आउँदो भदौ २४ गते सकिँदैछ । नेपाली सेनामा पदावधि सकिने एक महिनाअघि नै घरबिदा बस्ने प्रचलन छ ।
प्रधानसेनापति थापाले सोमबार नै कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरिसक्नुभएको छ ।
शर्माले भदौ २४ गते प्रधानसेनापतिको पूर्ण जिम्मेवारी पाउनु हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्