धामीको अवस्था सार्वजनिक गर्न सरकारलाई *सभामुखको निर्देशन

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था तत्काल सार्वजनिक गर्न सरकारलाइ निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख सापकोटाले आफ्नो गम्भीर ध्ययानाकर्षण भएको भन्दै धामीको अवस्थाबारे जानकारी गराउन निर्देशन दिनुभएको हो । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले प्रतिबद्धता जनाएको खोप अभियानलाई प्रभावकारी बनाउन माग गरेका छन् । त्यस्तै प्राकृतिक प्रकोपका कारण नागरिकहरु प्रभावित भएकोले राहत र उद्दारको साथै उचित क्षतिपूर्तीको समेत प्रबन्ध गर्न माग गर्नुभएको छ ।

*सभामुख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.