अरिङ्गालको टोकाईबाट गुल्मीमा महिलाको मृत्यु

गुल्मी- गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्बर -१ हुंगा तोल्घा निवासी ५१ वर्षीया राधिका भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

खरबारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाइते हुनुभएको थियो । राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पिटल तानसेन पाल्पामा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.