२४ घण्टामा नयाँ संक्रमित ३२६० थपिए, ३२ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसबाट ३२६० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६२ जनाको नमूना परीक्षणमा ३२६० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३२ जनाको मृत्यु भएको छ भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ ।

नेपालमा निको भएको दर ९३ दशमलव ३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म १० हजार २ सय १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.