कोरोनाका कारण जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला स्थगित

रसुवा- रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभाबित भएको छ ।

हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष पनि कोरोनाको दोस्रो लहरका कारण स्थगित गरिएपछि मेला प्रभाबित भएको हो ।

मेलाका अबसरमा देश तथा बिदेशबाट समेत दशौं हजार भक्तजनहरु मेलामा सहभागि हुने भएकाले कोरोना संक्रमण दर नियमित बढिरहेको अबस्थामा गोसाइँकुण्ड दर्शनमा हुनसक्ने भिड एवं तीर्थालुहरूको आवागमनबाट संक्रमण दर बढ्ने भएकाले जिल्ला कोभिड- १९ संकट ब्यबस्थापन समितिले मेला स्थगित गर्ने निर्णय गर‍ेको हो ।

गोसाइकुण्ड क्षेत्र बिकास समितिले मेलाका समयमा गर्दै आएको स्वस्थ्य शिबिर,सुरक्षा खाना, बास लगायतको ब्यबस्थापन नहुने गोसााइकुण्ड क्षेत्र बिकास समितिका अध्यक्ष सन्जिब डिएमले जानकारी दिनुभयो ।

मेला सञ्चालन नहुने भए पनि गोरखनाथ बाबाको टोली भने गोसाईकुण्ड दर्शनमा आउने उहाँको भनाइ छ । कोरोना संक्रमण सुरु अघिसम्म व्यवस्थित रूपमा मेला सञ्चालन गर्ने गरिएको थियो ।

तर, कोरोना संक्रमण सुरु भएयता मेला सञ्चालन हुन सकेको छैन । जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेला यो वर्ष शुक्रबारदेखि नै सुरु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.