पर्यटकीय गाउँ घान्द्रुक पुग्ने सडक कालोपत्रे हुँदै

कास्की- कास्कीको पर्यटकीय गाँउ घान्द्रुक पुग्न गण्डकी प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने यो गाउँ पुग्न स्थानीय नयाँपुलदेखि सडक स्तरोन्नति थालिएको हो । जस  अन्तर्गत विरेठाँटी हुँदै सिम्वैसम्मको १० किलोमिटर सडक कालोपत्रे सुरु गरिएको आयोजनाका सहायक इन्चार्ज हरि थापाले जानकारी दिनुभयो ।

पोखरास्थित शर्मा सुर्य जेभीले कुल १९ करोड ५० लाखमा निर्माण जिम्मा लिएको सो सडक नालासहित ८ मिटर फराकिलो बनाइएको छ । जसमध्ये स्याउलीबजार क्षेत्रमा १ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।

योजना अन्तर्गत हालसम्म ७५ प्रतिशत कार्य सकिएको र यहि पुष मसान्तसँग सम्पूर्ण काम सक्ने निर्माण कम्पनीको दावी छ ।

गाउँसम्म सडक पुगेसँगै विगतको तुलनामा पर्यटक बढेको घान्द्रुकका होटल व्यवसायी विक्रम गुरुङ बताउनुहुन्छ ।

२०५८ सालमा ट्याक खोलिएको यो सडकको हालसम्म स्तरोन्नति हुने सकेको थिएन  ।  यही सडक हुँदै विश्वकै चर्चित अन्नपूर्ण आधार शिविर पनि पुग्न सकिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.