अफगानिस्तान तालिवान विद्रोहीको कब्जामा, राष्ट्रपतिले देश छाडेपछि सरकार स्वतः विघटन

अन्ततः अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि त्यहाँको सरकार स्वतः विघटन भएको छ ।

स्थानीय र काबुलमा कार्यरत विदेशीहरु काबुल छोडेर भाग्ने कोशिस गरिरहेका छन् । तालिबानले अफगानिस्तानको राजधानी काबुल स्थित राष्ट्रपतिको कार्यालय माथि कब्जा जमाएको दाबी गरेका छन् ।

अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो । तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन् ।

तालिवानका अर्का एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन् ।

अमेरिका, बेलायत लगायत अन्य देशका काबुलमा रहेका दुतावासबाट कर्मचारीहरु धमाधम अन्यत्र लैजाने काम भइरहेको छ । अमेरिकाले काबुलको दुतावास खाली गर्दै विमानस्थलमा झण्डासहित आफ्नो कार्यालय सारेको छ । उनीहरुको हेलिकप्टरबाट उद्दार गरिंदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.