दाङमा भेटिएको चितुवालाई उद्धार गरेर बाँके लगियो
दाङ- लमही नगरपालिका-८ स्थित गौशालामा गाईलाई आक्रमण गर्न पुगेको चितुवा भान्सा कोठामा थुनिएपछी उद्धार गरिएको छ ।
डिभिजन वन कार्यलय देउखुरी, राष्ट्रिय प्रकृती संरक्षण कोषको सहयोगमा चितुवाको सकुशल उद्धार गरिएको हो । चितुवालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्ज लगिएको छ । चितुवा घाईते अवस्थामा रहेकाले उपचारपछी निकुञ्जमा छाडिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख वेसिन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।
चितुवा फेला परेपछी स्थानीयले डिभिजन वन कार्यालयलाई जानकारी दिएका थिए । डिभिजन वन कार्यालयले बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर आईतबार उद्धार टोलीलाई बोलाएको थियो । पछिल्लो समय दाङको देउखुरी क्षेत्रमा चितुवाले मान्छे र पशुचौपायामाथी आक्रमण गर्न थालेको थियो ।-
प्रतिक्रिया राख्नुहोस्