अफगानिस्तानमा अलपत्र परेका थप ८७ नेपाली काठमाडौंमा
काठमाडौं– अफगानिस्तानमा अलपत्र परेका थप ८७ नेपालीलाई सरकारले आज काठमाडौं ल्याएको छ ।
कतार एयरवेजबाट उनिहरुलाई काठमाडौं ल्याइएको हो । थप नेपालीको उद्धार गरी सबै नेपालीलाई स्वदेश ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि अफगानिस्तानबाट उद्धार भई १२७ जना नेपाली स्वदेश आइपुगेका छन् ।
सरकारले सम्बन्धित कार्यालयमा कार्यरत नेपालीलाइ उद्दार गरिदिन विभिन्न देशलाई अपिलगरेसँगै अमेरिकी दूताबासमा कार्यरत एक सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाल आइपुगेका नेपालीहरुलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन केन्द्रमा राखेको छ ।
अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीको सन्दर्भमा तथ्याङ्क संकलनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्