कारबाही रोक्न एमालेका १४ सांसद संसद सचिवालयमा
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदले आफूहरुमाथि गरेको कारबाही रोक्न माग गर्दै संसद सचिवालयमा बुधबार पत्र दर्ता गराउनुभएको छ ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई संयुक्त पत्र लेख्दै सांसदहरुले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भन्दै रोक्न माग गर्नुभएको हो । १४ सांसदले आफूहरुले पार्टीले भनेजस्तो ह्वीप उल्लंघन नगरेको जिकिर गर्नुभएको छ ।
एमालेले २०७८ साल वैशाख २७ गते पार्टी संसदीय दलका नेता एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दा अनुपस्थित भई ह्वीप उल्लंघन गरेको आरोप लगाएको छ । तर सांसदहरुले विश्वासको मत माग्दा प्रक्रिया पूरा नगरेको दाबी गरिएको छ ।
गत वैशाख २७ गते पार्टीको प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित हुने काम गरेको भन्दै उहाँहरुलाई पार्टी संसदीय दलको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।
पदमुक्तको कारवाहीमा पर्नेहरुमा बरिष्ठ नेता माधव कुमार नेपालसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपानेलगायतका रहनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्