नेपालको उच्च शिक्षा विकासका लागि विश्व बैंकको ६ करोड

काठमाडौं– विश्व बैंकले नेपालको उच्च शिक्षा विकासका लागि ६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिएको छ ।

अर्थ मन्त्रालयमा आज अर्थ सचिव मधुकुमार मसासिनी र बिश्व बैंकका देशीय निर्देशक फारीश जार्भोसले हस्ताक्षर गर्नुभयो । सो सहायता कार्यक्रम देशभरका विभिन्न क्षेत्रमा उच्च शिक्षाबाट बञ्चित भएकाहरुका लागि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले विश्व बैंकले दिने सहायताले नेपालको उच्च शिक्षा विकासको लागि महत्वपुर्ण योगदान दिने बताउनुभयो ।

विश्व बैंकका देशीय निर्देशक फारीशले नेपालको उच्च शिक्षाको विकासका लागि सहायोग गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.