‘एमाले समाजवादीको दर्ता सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद् विस्तार’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल पक्षले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

समाजवादी केन्द्र, नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । उहाँले जति छिटो पार्टीको सनाखत हुन्छ, त्यति नै छिटो मन्त्रिपरिषद् विस्तार हुने उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश संविधान र लोकतन्त्र सिध्याउने उद्देश्यको रहेको र अहिलेको अध्यादेश लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षाको लागि ल्याइएको दावी गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पुँजीवादी पक्षधरको एउटा पात्र भएको टिप्पणी गर्नुभयो । भट्टराईले एमालेभित्र माधवकुमार नेपाल पक्षले गरेको विद्रोहले देशलाई नयाँ समाजवादको नमूनातर्फ लैजान सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा वामदेव क्षेत्रीद्वारा लिखित कृषि र समाजवाद पुस्तकको विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.