वन्यजन्तुको सुकुटी सहित दुई पक्राउ

दाङ- वन्यजन्तुको सुकुटीसहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगरपालिका वडा नम्बर ११ निवासी ३२ बर्षिय दामोदर योगी रहेका छन् ।

करिब १२ किलो सुकुटीसहित राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलाबाट हिजो बेलुका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका गिरी, योगीलाई सुकुटीसहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाइने छ । प्रहरीले नियन्त्रणमा लिएको सुकुटी वन्यजन्तुको हो या होइन भन्ने परिक्षण भइरहेको प्रहरीले बताएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.