ललितपुरमा बेरुजुः महालक्ष्मी नगरपालिकाको सबैभन्दा कम

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकामा सबैभन्दा कम बेरुजु भएको छ ।

महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार ललितपुरमा महालक्ष्मी नगरपालिकाको बेरुजु २ दशमलव ३४ प्रतिशत रहेको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले खर्च पारदर्शितामा विशेष ध्यान दिएकाले बेरुजु कम भएको प्रतिक्रिया दिनुभयो । ‘मैले निर्वाचनका सार्वजनिक गरेको घोषणा पत्रमै खर्च पारदर्शितालाई विशेष ध्यान प्राथमिकता दिएको थिएँ,’ उहाँले भन्नुभयो, ‘आशा छ, अबका दिनमा शून्यमा झार्ने प्रयत्न हुनेछ ।’

आर्थिक प्रशासनलाई चुस्त राख्ने, वेबसाइटमा नियमित सार्वजनिक गर्नेलगायतका कामलाई विशेष ध्यान दिइएको नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

लेखापरीक्षण गरिएको कुल बजेटमा ललितपुरको गोदावारी नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ । महालेखा प्रतिवेदनअनुसार गोदावारीमा १० दशमलव २६ प्रतिशत रहेको छ । त्यसपछि ललितपुर महानगरपालिकामा ७ दशमलव २२, बागमती गाउँपालिकामा ७ दशमलव १७, महांकाल गाउँपालिकामा ३ दशमलव ६ र कोन्ज्योसोम गाउँपालिकामा २ दशमलव ६३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.