अफगानिस्तानबाट आज ११ जनाको उद्धार

काठमाडौं- अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पुर्‍याइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको जनाउँदै मन्त्रालयले विमानस्थलबाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पु¥याउन विभिन्न तहमा समन्वय भइरहेको बताएको छ ।

अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँदिल्ली पु¥याइएकाहरूलाई स्वदेश ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको तथा काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म नखुलेको पनि मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.