नारायणगढ-मुग्लिङ सडक अबरुद्ध

चितवन- नारायणगढ-मुग्लिङ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने सेतिदोभानमा हिजो साँझ साढे ८ बजेतिर पहिरो झर्दा दुबै तर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सवारी साधनहरु मुग्लिङ बजार र रामनगरमा रोकिएका छन् ।

अहिले पनि मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.