अविरल बर्षाको कारण अबरुद्ध वीपी र अरनिको राजमार्ग एकतर्फी रुपमा मात्र संचालन

काभ्रे-अविरल बर्षाको कारण खसेको पहिरोले अरनिको र वीपी राजमार्गका केही खण्डहरु अवरुद्ध भएका छन ।

शनिवार रातीदेखि परेको पानीले पा“चखाल, तिनपिप्लेमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वीपी राजमार्ग अन्तर्गत कटुञ्जे खण्डमा खसेको पहिरोको कारण यातायात अवरुद्ध भएको छ । दुवै स्थानमा पहिरो पन्छाउने क्रममा रहेको र यातायात एकतर्फी सञ्चालन भएको जानकारी दिनुभयो ।

अरनिको राजमार्ग को बनेपास्थित पुल बजारमा रहेको पुण्यमाता खोलामा आएको बाढीका कारण डुवानमा परेपछि साना सवारीसाधानलाई आवत जावतमा समस्या भएको छ ।

निरन्तर बर्षा भएपनि हालसम्म अन्य क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.