सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो, राजमार्ग पूर्ण रुपमा बन्द

पाल्पा-निरन्तरको वर्षासँगै ठाउँठाउँमा पहिरो खसेर सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको राम्दीदेखि चिडियाखोलासम्म आधा दर्जनबढी स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय पालपाले जनाएको छ ।

पहिरोले उक्त राजमार्गमा पर्ने बगनासकाली ४ को सेरा, रम्भा गाउापालिका ३ को सीता पहाड, तिनाउ ३ को सिसुवा, दोभानको पौठेडाँडा, सिद्धबाबा मन्दिर क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

यस्तै सोही राजमार्गको पर्ने तिनाउ ५ को केराबारी, झुम्सा, पानीमिल, गिट्टीखानी लगायतका स्थानमा पहिरो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाका अन्य सडकहरु पनि पहिरोले अवरुद्ध भएका छन् । तानसेन रिडी सडकखण्डको सम्मोबारी, आर्यभञ्याङ्ग रामपुर सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

निरनतको वर्षका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । अहिले पनि निरन्तर रुपमा पानी परेका कारण सडक सुचारु गर्न समस्या भएको सडक डिभिजन पालपाले जनाएको छ ।

यस्तै पहिरोले जिल्लाभरकै सडक अवरुद्ध रहेको हुँदा अत्यावश्यक काम नपरी यात्रा नर्गन प्रहरी प्रशासनले अनुरोध समेत गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.