अमेरिकाको लुइजिआनामा शक्तिशाली आँधी, दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ

अमेरिकाको लुइजिआना राज्यमा आएको शक्तिशाली आइडा नामक आँधी जमिन भासिनुका साथै विद्युत सेवा अवरुद्ध भएको छ ।

आँधीको पूर्वानुमान गरिएकाले ठूलो संख्यामा नागरिकहरुलाई तटीय क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । शक्तिशाली आँधीले रुख तथा विजुलीका पोलहरु ढालेको छ ।

१ सय ५० माइल प्रतिघन्टाको बेगमा आएको शक्तिशाली आँधीका कारण विद्युत सेवा अवरुद्ध हुँदा ५ लाखभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आइडा निकै शक्तिशाली र खतरनाक भएका तटीय क्षेत्रभन्दा टाढा टाढा सम्म पनि यसले ठूलो विनास निम्त्याउने भन्दै नागरिकहरुलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

आँधी शक्ति सञ्चय गर्दै आइरहेकाले आगामी केही दिन अझै कष्टपूर्ण हुनसक्ने लुइजिआना राज्यका गमर्नर जोन बेल इडवार्डले बताउनु भएको छ । आँधीले कतिपय स्थानमा बाढी आएको छ । आँधीका कारण हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.