काबुलमा हुनसक्ने अर्को सम्भावित आक्रमण टरेको अमेरिकी सैन्य अधिकारीहरुको दाबी
अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणबाट राजधानी काबुलमा हुनसक्ने अर्को सम्भावित आक्रमण टरेको अमेरिकी सैन्य अधिकारीहरुले बताएका छन् । गत साता काबुल विमानस्थल बाहिर इस्लामिक स्टेटसँग आवद्ध आइएस के समूहले आत्मघाती बम आक्रमण गर्दा १ सय ७० जनाको मृत्यु भएको थियो ।
विमानस्थललाई लक्षित गरी फेरि अर्को आक्रमण हुनसक्ने जानकारी पाएपछि अमेरिकाले ड्रोन आक्रमण गरी बिमानस्थल आक्रमणका मुख्य योजनाकार र सहयोगी मारिएको अमेरिकाले दाबी गरेको छ ।
विमानस्थलमा आक्रमणको आशंका बढेपछि नेटोसँग आवद्ध कतिपय मुलुकले आफ्नो नागरिक सहित काबुल विमानस्थल छोडेका थिए । साथै बेलायत, फ्रान्स लगायतका मुलुकले जारी उद्दार अभियानलाई पनि रोकेका छन् । अमेरिकाले भने ३१ अगस्ट सम्मै उद्दार कार्य जारी राख्ने जनाएको छ । अमेरिकाले १४ अगस्टयता १ लाख १० हजारको उद्दार गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्