धादिङमा करेण्ट लागेर २ जनाको मृत्यु, १ जना घाइते
धादिङ- गजुरी गाउँपालिकास्थित गलौदी भन्ने स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जान घाइते भएका छन् ।
सो गाउँपालिकाको वडा नं ५ स्थित गलौदी भन्ने स्थानमा विद्युतको पोलमा राखिएको एनसेलको फाइवर तार चुडिएपछि बनाउन जाँदा विद्युत सट भई उनीहरुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चुडिँएको फाइवर तार बनाउन गएका पाँच जना मध्य ३ जना भर्याङ राखी विद्युत पोलमा चढ्न खोजेको र त्यसमा करेन्ट प्रवाह भई रहेको थाहा नहुँदा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेहरुमा पोखरा निवासी उमाकान्त बराल र स्याङ्गजाका विमल परियार रहेको प्रहरीले जनाएको छ ।
दुबै जना अन्दाजी २५-२६ वर्षका रहेका छन् । मृतक दुबै जना पश्चिमाञ्चल सोलुशन प्रालिका कर्मचारीहरु रहेको प्रहरीले जनाएको छ । घाएते एक जनको उपचारका लागि काठमाण्डौँ लगिएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि गजुरी अस्पतालमा राखिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्