नयाँ संक्रमित २२९५, १६ जनाको मृत्यु
काठमाडौं– नेपालमा गत २४ घण्टामा २२९५ जना कोरोना भाइरस स्रक्रमित थपिएका छन् ।
देशभर १६ हजार २ सय ३३ जनाको परीक्षण गर्दा २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १८०८ जना डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३५८७४ रहेको छ ।
नेपालमा निको भएको दर ९३ दशमलव ९ प्रतिशत रहेको छ ।
कोरोनाबाट १०७३० जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना गरी उपत्यकामा ९०६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया राख्नुहोस्