वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं- वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ ।

गत महिना अस्तपालमा उपचारपछि कालिकास्थनमा बस्दै आउनुभएका भट्टको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयत विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायतका कृति लोकप्रिय छन् ।

विसं १९९३ मा जुम्लामा जन्मनुभएका भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घको पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । भट्टका श्रीमती र दुई छोरा छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाउनुभएको छ । यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भट्टको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.