सुदूरपश्चिमा १० सांसदले रोजे एकीकृत समाजवादी, लुम्बिनीमा पनि एकजना एकीकृत समाजवादीमा

काठमाडौं– नेकपा एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सांसदमध्ये १० सांसदले एकीकृत समाजवादीमा समाहित भएको सनाखत गरेका छन् ।

आन्तरिम मामिला मन्त्री पूर्णा जोशीसहित लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारीले एकीकृत समाजवादी रोज्नुभएको छ ।

लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले पनि नेकपा एकीकृत समाजवादी रोज्नुभएको छ । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.