कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हालसम्म सभापतिमा वर्तमान उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

औपचारिक घोषणा नभए पनि वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्व दाबेदार हुनुहुन्छ ।

गुरुङले आफू जीतको नजिक रहेकोसमेत दाबी गर्नुभयो । ‘नयाँ पुस्ता नेतृत्वका लागि योग्य र सक्षम छ,’ उहाँको भनाइ छ, ‘नयाँ पुस्ताले पार्टीको पनि नेतृत्व गर्दछ, देशको पनि नेतृत्व गर्दछ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.