एक हजार ६४८ जनामा सङ्क्रमण, तीन हजार ३० निको, २० को मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ३२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७७० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.