अपडेट- दाङमा सिस्‍ने खोलाले जिप बगाउँदा थप दुई जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

दाङ- दाङमा बाढीले गाडी बगाउँदा वेपत्ता भएका थप दुई जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका-४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनु भएको छ ।

घटनामा परि घोराही १३ का ३२ बर्षिय सुशिला श्रेष्ठ, घोराही १४ का ३० बर्षिय राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० बर्षिय रितामाया पुन र घोराही–१४ का ४२ बर्षिय विमला केसीको मृत्यु भएको हो । सो घटनामा एकै घरमा दुई दिदिबहिनीको मृत्यु भएको छ ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुनुहुन्छ । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.