२००४ नयाँ संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा १८४६ संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ । जसमध्ये ५ सय ४४ जनाको आइसियू र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.