प्रधानमन्त्रीको भिडियो सन्देश- ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य’

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रारम्भमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देशमार्फत पार्टीका नेता कार्यकर्तालाई शुभकामना र शुभेच्छा प्रकट गर्नुभएको छ ।

देशैभर आज कांग्रेसको वडा अधिवेशन हुँदैछ । उहाँले महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता कार्यकर्तालाई अनुरोध पनि गर्नुभएको छ ।

‘संवैधानिक बाध्यताले गर्दा कोरोना महामारीबीच हामीले सुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरि सहभागी हुन नेपाली कांग्रेसका तमाम साथीहरुलाई हार्दिक अनुरोध गर्दछु,’ भिडियो सन्देशमा सभापति देउवाले भन्नुभएको छ, ‘हाम्रो पार्टी कांग्रेस लोकतान्त्रिक प्रक्रियामा सधै आफूलाई अग्रणी सावित गर्दै आएको छ। नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस नै अगाडि छ, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.