कांग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत ४० बढी जिल्लामा वडा अधिवेशन सम्पन्न

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ५६ जिल्लामध्ये ४० बढी जिल्लामा वडा अधिवेशन सकिएको छ ।

मुलुक संघीयता प्रवेश गरेपश्चात् प्रादेशिक संरचनाको अभ्यास गर्दै नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत क्रियाशिल सदस्यताको विवाद नभएका ४० जिल्लाका वडामा वडा अधिवेशन गरेको हो ।

क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका ५६ जिल्ला मध्ये करीब ४० जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको र केही वडामा भने एकदुई दिन भित्र अधिवेशन हुने निर्वाचन कमिटीले जानकारी दिएको छ ।

वडा अधिवेशन नेपाली कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशन हो । यस अधिवेशनबाट देशभरीका वडाबाट करीव ४ लाख वडा प्रतिनिधि चयन हुने छन् ।

वडाबाट अधिवेशनबाट चुनिएर आएका प्रतिनिधिले आफ्नो जिल्लामा केन्द्रका लागि महाअधिवेशन प्रतिनिधि र प्रदेशका लागि प्रदेश महाअधिवेशन प्रतिनिधि चयन गर्दछन् ।

कोभिडका कारण वडामा चयन हुने प्रतिनिधिबाटै नगर कमिटि प्रतिनिधि चयन गर्ने ब्यवस्था गरिएको छ । वडाबाट चयन भएका प्रतिनिधिबाट प्रत्येक प्रतिनिधिसभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिने छ । त्यसै गरी भ्रातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि लागि चयन गरिन्छ ।

करीव चार हजार ५०० बढी केन्द्रिय महाअधिवेशन प्रतिनिधिबाट कांग्रेसले नयाँ कार्यसमिति चयन गर्ने ब्यवस्था गरिएको छ ।

क्रियाशील सदस्यता विवाद भएका काठमाडौं लगायत २१ जिल्लाको वडा अधिवेशन हुन् । १४औँ महाधिवेशन अन्तर्गत कांग्रेसले बुधबार वडा अधिवेशन गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.