शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट

काठमाडौं- साताको पहिलो आइतबार शेयर बजार परिसूचकमा अहिले सम्मकै ठूलो गिरावट आएको छ ।

कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको थियो । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ ।

सर्किट ब्रेक’ लगाएर ४० मिनेट बन्द भएको कारोबार फेरि सुरु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.