काठमाडौं उपत्यकामा भारी वर्षा, बनेपा डुबानले अरनिको राजमार्गमा यातायात अवरुद्ध (तस्वीर सहित)

काठमाडौं- हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

लगातारको वर्षाका कारण उपत्याका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ ।

यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच गए रातभरको अबिरल बर्षाको कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ ।

होचो भुभागमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेका प्रहरीले जनाएको छ । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ । बाढीका कारण खोला छेउका बस्तिहरु समेत डुवानमा परेका छन् ।

नगरपालिकाले खोलाको करिडोर निर्माणको लागि समयमा नै व्यवस्थापन गर्न ध्यान नदिंदा सधै यस्तो समस्या भोग्नू परेको स्थानियको भनाई छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.