२४ घण्टामा १८९७ संक्रमित थपिए

१७४३ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ

काठमाडौं– नेपालमा गत २४ घण्टामा १८९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१५ हजार ९ सय ७९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १७४३ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७३ जना रहेको छ ।

नेपालमा निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.