माथिल्लो तामाकोशीबाट व्यावसायिक विद्युत् उत्पादन सुरु
काठमाडौं– दोलखाको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ ।
कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो प्रसारण लाइन हुँदै रामेछापको मन्थलीस्थित साँखेको सवस्टेशनमा जोडिएको छ ।
प्रतिक्रिया राख्नुहोस्