नेप्सेमा ‘बाउन्स ब्याक’
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले उकालो लागेको छ ।
हिजो उच्च अङ्कले ओरालो लागेको नेप्से आज ‘बाउन्स ब्याक’ भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योल समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्नुभएको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६१.९४ बिन्दुले बढेर दुई हजार ९८०.७८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३१.४१ बिन्दुले उकालो लागेर ५५३.४० मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर १ लाख नौ हजार १८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कूल नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ मूल्यमा खरिद बिक्री भए ।।
प्रतिक्रिया राख्नुहोस्