२४ घण्टामा थपिए १२७१ नयाँ संक्रमित

काठमाडौं- गत २४ घण्टामा नेपालमा १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको हो ।
पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने १८४५ जना निको भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ ।






प्रतिक्रिया राख्नुहोस्