नेपाली सेनाको अगुवाईमा विभिन्न ठाउँमा वृक्षरोपण

काभ्रे- काभ्रेको धुलिखेलस्थित कालीजंग गणको अगुवाईमा जिल्लाको विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ ।

हरियाली अभियानलाई निरुन्तरता दिनका लागि काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ३ कुतालस्थित मण्डलीदेवी सामुदायिक वनमा वृक्षरोपण कार्य गरिएको छ ।

नेपाली सेनाले धुलिखेल नगरपालिका वडा नं. ३ र कालीजंग गण धुलिखेलको संयुक्त आयोजनामा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय सुरक्षा दलका विद्यार्थीहरुको सहभागितामा फलफूल लगायतका विरुवा रोपेका हुन् ।

विरुवा रोपण कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हरियाली बातावरण निर्माणका लागि हरियाली बनाउनका लागि सबै जना मिलेर काम गर्न आग्रह गर्नुभयो ।

धुलिखेल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विनोद पराजुलीले मण्डलीदेवी सामुदायिक वनभित्र खाली रहेको जग्गामा हरियाली वन निर्माण गर्नका लागि वृक्ष रोपण कार्य गरेको बताउनुभयो ।

सो क्रममा अमला, कागती, तेजपात, अम्बा, नासपाती, कल्कि र धुपी लगायतका फलफूलका विरुवा रोपिएका थिए । यसअघि कालीजंग गण धुलिखेलको अगुवाईमा काभ्रेको बनेपा नगरपालिका वडा नं. १४ को श्री राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र वडा नं. ६ स्थित गोसाइकण्ड सामुदायिक वनमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपेको कालीजंग गणका प्रमुख सेनानी मिलन थापाले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.