प्रतिनिधि सभा बैठक आज पनि, अध्यादेश र शोक प्रस्ताव कार्यसूचीमा

काठमाडौं– प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्