प्रतिनिधि सभामा प्रमुख विपक्षीको नाराबाजी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले विरोध र नाराबाजी गरेको छ ।

पार्टीले सिफारिस गरेका १४ जनालाई कारबाही नगरेको भन्दै एमालेले सभामुखविरुद्ध संसदमा नाराबाजी गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले जनसवालका विषयमा छलफल गर्न सहयोग गर्न आग्रह गरे पनि नाराबाजी रोकिएन । १५ मिनेटका लागि बैठक रोकिएको छ ।

एमालेको अवरोधबीच बुधबारको बैठक पनि तीनपटक बसेको थियो । तेस्रो बैठकमा विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.