नेपालमा दैनिक संक्रमित एक हजारभन्दा कम

काठमाडौं– नेपालमा कोरोना संक्रमण दर निरन्तर ओरालोतिर लागेको छ । गत २४ घण्टामा नेपालमा एक हजारभन्दा कममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशभर ९८४० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ९९४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा १३६८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ५५ रहेको छ ।
उपत्यकाका काठमाडौंमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ जना संक्रमित भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्