प्रतिनिधि सभाको बैठक शुरु, एमालेको अबरोध कायमै

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसदहरुले पुन: संसदमा नारावाजी गरेका छन ।
बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहँदा समामुख अग्निप्रसाद सापकोटाले सबै दलहरुलाई सम्बाद र वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको थियो । साथै उहाँले जनताको सर्वोच्च निकाय संसदलाई मर्यादित र अनुशासित बनाउन समेत सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।
एमालेका सांसहरुलाई ध्यानाकर्षण गराउनुहुँदै सभामुख सापकोटाले आफ्नो विरोधलाई निरन्तर जारी राख्दा अरु सांसदहरुले राख्न खोज्नुभएको जनताको महत्वपूर्ण विषय ओझेलमा परेको र बोल्न नपाउने सांसदहरुको अधिकार हनन् भएको उल्लेख गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्