एमाले सांसदहरुको अबरोधका कारण संसदको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक एमालेका सांसदहरुको अबरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा अबरोध जारी रहँदा सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न एमाले सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रतिनिधि सभामा आज पनि नाराबाजीसहित संसद संचालनमा कठिनाइ उत्पन्न भएपछि एमाले सांसदहरुलाई सभामुख सापकोटाले यस्तो आग्रह गर्नुभएको हो ।
सभामुखको आग्रहपछि पनि निरन्तर नाराबाजी भैरहेपछि बैठक १५ मिनेटका लागि सभामुखले स्थगन गर्नुभएको हो ।
एमाले सांसदहरुले आज पनि बैठक शुरु हुनासाथ नाराबाजीसहित रोष्ट्रम घेराउ गरेका थिए ।।






प्रतिक्रिया राख्नुहोस्